https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, चैत्र १० गते ।

मधेस प्रदेशसभाको आइतबारको बैठक माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालको विरोधका कारण अवरुद्ध भएको छ।

बैठक सुरु हुने बित्तिकै माओवादी संसदीय दलका नेता भरत प्रसाद साहले मुख्यमन्त्रीमाथि गम्भीर आरोप लगाउँदै जवाफ मागे। उनले मुख्यमन्त्रीले कूटनीतिक मर्यादा विपरीत विदेश यात्रा गरेको, पालिकालाई सशर्त बजेट दिन कमिशन लिएको र संघका कर्मचारीसँग आर्थिक लेनदेन गरेर जिम्मेवारी बाँडिएको आरोप लगाए।

त्यस्तै, जसपा नेपालका संसदीय दलका नेता सरोज कुमार यादवले जिल्लास्तरीय योजनाहरू मन्त्रीका सचिवालयबाट नियन्त्रण भइरहेको दाबी गरे। उनले प्रदेशसभा सदस्यहरूलाई डेढ करोडदेखि पाँच करोडसम्मको योजना प्राप्त भए/नभएको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे।

सभामुख रामचन्द्र मण्डलले बैठकमा जारी तनावलाई मध्यनजर गर्दै दस मिनेटका लागि स्थगित गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार