https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, च‌ैत १० गते ।

महाेत्तरीकाे औरही नगरपालिकाले एकै दिन आठ वटा विकास आयोजनाको उद्घाटन गरेको छ। नगरको समग्र विकासलाई तीव्रता दिने उद्देश्यसहित सम्पन्न उद्घाटन समारोहका प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी रहेका थिए।

समारोहमा मन्त्री भण्डारीले औरही नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा कृषिमा महत्वपूर्ण काम गर्दै आएको भन्दै प्रशंसा गरे। उनले यी आयोजनाहरूले स्थानीय बासिन्दाको जीवनस्तर उकास्न टेवा पुग्ने बताए। साथै, केन्द्र सरकारले शिक्षालाई सीपसँग जोड्न नगरपालिकासँग सहकार्य गर्दै अगाडि बढ्ने उनको भनाइ थियो।

एकै दिन उद्घाटन भएका आयोजना

नगरपालिकाले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार तथा सामुदायिक विकासका विभिन्न योजनाहरू उद्घाटन गरेको छ। तीमध्ये मुख्य योजनाहरू निम्न छन्:

  • श्री मा.वि. (०–१०), बैरिया, औरही ६
  • श्री सोनामाई आधारभूत विद्यालय (०–५), भोइल ७
  • श्री जनता आधारभूत विद्यालय (०–८), सोनामाई अगलेश्वर ९
  • श्री सरस्वती आधारभूत विद्यालय (०–५), सेह्रो
  • रामजानकी धर्मशाला, चेपकट, औरही २
  • वडा नं. ७ को नयाँ वडा कार्यालय भवन
  • वडा नं. ९ को नयाँ वडा कार्यालय भवन
  • श्री जान्हवी आधारभूत विद्यालय (०–५), चेपकट, औरही २

स्थानीय विकासका नयाँ प्राथमिकता

नगर प्रमुख प्रदीप कुमार खड्काले नगरपालिकाले कृषि र उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकता दिएको बताए। उनका अनुसार, स्वदेशमै रोजगारी सिर्जना गर्न घरेलु उद्योगलाई प्रवर्द्धन गर्दै नगरपालिकाले विभिन्न तालिम सञ्चालन गरिरहेको छ। अबका दिनमा कृषिमा सिँचाइ व्यवस्थापनलाई सुधार गर्दै किसानहरूलाई अझै बढी सहुलियत दिने योजना रहेको उनले जनाए।

नगर प्रमुख खड्काले भने, “नगरपालिकाले पूर्वाधार विकासमा धेरै काम गरिसकेको छ। अब नगरबासीलाई आत्मनिर्भर बनाउन कृषिमा प्रविधिको उपयोग, घरेलु तथा साना उद्योगको विस्तार र रोजगारी सिर्जना हाम्रो प्राथमिकता हुनेछ।”

स्थानीयबासीको अपेक्षा

नगरपालिकाले विगतमा थाँती रहेका योजनाहरूलाई अघि बढाउँदै विकास निर्माणको कामलाई गति दिइरहेको प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीले बताए। उनका अनुसार, आगामी दिनहरूमा थप ठूला विकास परियोजनाहरू अघि बढाइनेछ।

उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो। नगरबासीहरूले यी विकास आयोजनाबाट नगरको रूपान्तरणमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार