https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बिरगंज, चैत १३ गते ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत कृष्ण प्रसाद खतिवडा सेवाग्राहीलाई अनावश्यक रूपमा दुःख दिने र काम रोक्ने प्रवृत्तिका कारण पुनः विवादमा तानिएका छन् ।

बहुदरामाई नगरपालिका–६ का शेषनाथ साह तुरहा, जसले २०८१ साल फागुन ५ गते नेपाली नागरिकताको प्रमाणपत्र लिनका लागि निवेदन दिएका थिए, प्रशासकीय अधिकृत खतिवडाको अवरोधका कारण अन्योलमा परेका छन् ।

पूरा कागजात हुँदाहुँदै पनि नागरिकता रोकियो

शेषनाथ साहले नागरिकता प्रमाणपत्र प्राप्त गर्नुपर्ने आधारस्वरूप बुवा लक्ष्मण साह तुरहाको वंशज नागरिकता प्रमाणपत्र, जन्मदर्ता प्रमाणपत्र, वडा कार्यालयको सिफारिसपत्र लगायतका आवश्यक सबै कागजात संकलन गरी निवेदन दिएका थिए । तर, प्रशासकीय अधिकृत खतिवडाले विभिन्न बहाना बनाई उनको नागरिकता प्रक्रियामा अवरोध पुर्‍याएको गुनासो छ ।

राप्रपा नेता अवधकिशोर साहको पहल

नागरिकता लिन असफल भएपछि शेषनाथ साहका परिवारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पर्सा जिल्ला उपाध्यक्ष अवधकिशोर साह समक्ष आफ्नो समस्या राखेका थिए। साहले तत्कालै पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्याल लाई फोनमार्फत जानकारी गराए ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पीडित परिवारलाई कार्यालयमा बोलाएर सहायक प्रमुख जिल्ला अधिकारी मार्फत अनुसन्धान गराउँदा प्रशासकीय अधिकृत कृष्ण प्रसाद खतिवडाको गल्ती रहेको पुष्टि भएको बताइएको छ ।

विवादास्पद अधिकृतको कार्वाहीको माग

प्रशासकीय अधिकृत खतिवडा यसअघि पनि विभिन्न विवादमा तानिएका व्यक्ति हुन् । स्थानिय सञ्चारमाध्यमहरूमा समेत उनी भ्रष्टाचार र अनियमिततामा संलग्न रहेको समाचार पटक–पटक प्रकाशन भइसकेको छ ।

राप्रपाका बिरगंज महानगर अध्यक्ष जलेश्वर सर्राफले गृह मन्त्रालयका उच्च अधिकारीहरूलाई फोन मार्फत घटनाबारे जानकारी गराउँदै खतिवडालाई तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् ।

स्थानिय नागरिक र राजनीतिक दलहरूले यस्तो विवादित कर्मचारीलाई महत्वपूर्ण प्रशासनिक जिम्मेवारीमा नराख्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनीमाथि छानबिन गर्नुपर्ने आवश्यक देखिएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार