https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, चैत १३ गते ।
महोत्तरी सरपल्लोमा पुर्व राज्यमन्त्री तथा प्रदेश सांसद सराेज सिंह कुशवाहाद्वारा धर्मशाला निर्माणको लागि शिलान्यास गरिएको छ । बुधबार एक समारोहबिच मनरा शिस्वा नगरपालिका–६, सरपल्लोमा नयाँ धर्मशाला निर्माण कार्यकाे लागि सांसद कुशवाहाले विधिवत रुपमा पुजापाठ गरि शिलान्यास गरिएको हाे ।

प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय सदस्य, प्रदेश सांसद तथा पूर्व राज्यमन्त्री सरोज सिंह कुशवाहाले शिलान्यास गर्दै स्थानीय समुदायलाई धार्मिक तथा सामाजिक कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

धर्मशालाको निर्माणले सरपल्लो तथा आसपासका बासिन्दालाई विशेष अवसरहरूमा सुविधा पुर्‍याउने विश्वास गरिएको छ । कार्यक्रममा वक्ताहरूले धार्मिक संरचनाहरू स्थानीय पहिचानको अभिन्न अंश भएको उल्लेख गर्दै समाजको एकता र सद्भावका लागि यस्ता पूर्वाधारको आवश्यकतामा जोड दिए ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला समन्वय समिति सदस्य कौशल किशोर साह, जसपा नेपालका जिल्ला कार्यकारिणी सदस्य रविन्द्र महतो, जसपा नगर सदस्य दिपेन्द्र ठाकुर, जसपा वडा कमिटी अध्यक्ष रामबाबु सिंह लगायत विभिन्न दलका नेताहरू, नागरिक समाजका प्रतिनिधिहरू तथा स्थानीय युवाहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार