https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, चैत १५ गते ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पर्साकाे बिरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर स्थित श्री रामचरण साह पन्नालाल माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसनसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ । ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर १० को संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा बिरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण प्रमुख अतिथिका रूपमा उपस्थित थिए । साथै, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका पदाधिकारी, संचारकर्मी, सुरक्षाकर्मी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सिईई परीक्षाको अन्तिम दिन पारेर आयोजित कार्यक्रममा करिब २५० जना विद्यार्थीलाई लागुऔषध दुर्व्यसनसम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो । “लागुऔषध भनेको के हो?”, “यसले मानिसको स्वास्थ्यमा कस्तो असर पार्छ ?” तथा “लागुऔषध दुर्व्यसनबाट कसरी जोगिने ?” जस्ता विषयमा विद्यार्थीहरूलाई सचेत गराइएको थियो ।

कार्यक्रमका क्रममा सहभागी विद्यार्थीहरूलाई लागुऔषधबारे विस्तृत जानकारी दिइएसँगै सचेतनामूलक पम्पलेट पनि वितरण गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्ल, वडा प्रहरी कार्यालय वीरगंजका प्रहरी सहायक निरीक्षक जय किशोर यादव, सशस्त्र प्रहरी सहायक निरीक्षक तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी तथा आजीवन सदस्यहरूको पनि विशेष उपस्थिति रहेको थियो ।

समाजमा बढ्दो लागुऔषध दुर्व्यसन नियन्त्रण गर्नका लागि यस प्रकारका सचेतनामूलक कार्यक्रमहरू प्रभावकारी हुने आयोजकहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार