https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, चैत १५ गते ।
नेपाल पत्रकार महासंघले आफ्नो ६९ औं स्थापना दिवसका अवसरमा चैत १६ गतेका लागि तय गरिएको सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । पछिल्लो विकसित परिस्थितिलाई मध्यनजर गर्दै महासंघले पत्रकार हत्या विरुद्ध शोक तथा विरोधसभा आयोजना गर्ने निर्णय गरेको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार चैत १६ गते बिहान ८:०० बजे माइतीघर मण्डलामा ‘पत्रकार हत्या’ विरुद्ध शोक तथा विरोधसभा आयोजना गरिनेछ । विरोधसभामा महासंघका पदाधिकारी, प्रेस स्वतन्त्रता अभियन्ता, मानव अधिकारकर्मी, नागरिक समाजका अगुवा तथा सञ्चारकर्मीहरूको उपस्थिति रहनेछ ।

महासंघले देशभरका आफ्ना शाखाहरूलाई पनि समान कार्यक्रम आयोजना गर्न आह्वान गर्दै पत्रकार हत्या तथा प्रेस स्वतन्त्रतामाथि हुने आक्रमणविरुद्ध एकजुट हुन अनुरोध गरेको छ । साथै, पत्रकार सुरक्षा सुनिश्चित गर्न सरकारलाई तत्काल आवश्यक कदम चाल्न आग्रह गरिएको छ ।

महासंघले प्रेस स्वतन्त्रतामाथिको कुनै पनि आक्रमण असह्य हुने स्पष्ट पार्दै पत्रकारहरूको हक, अधिकार तथा सुरक्षाका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार