https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद शाह
बिरगंज, चैत १५ गते ।
नेपाल राष्ट्रवाद संघका केन्द्रीय अध्यक्ष जनकलाल शाहले गणतन्त्रवादी घुसपैठको कारण दुई नेपालीको ज्यान गएको आरोप लगाएका छन् ।

नेपाल राष्ट्रवाद संघले आज प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमाथि सरकारको दमनका कारण दुई नेपाली नागरिकले ज्यान गुमाएको जनाएको छ। विज्ञप्तिमा अध्यक्ष शाहले गणतन्त्रवादीहरूको घुसपैठकै कारण नेपाली वीर सपूतको ज्यान गएको दाबी गर्दै मृतकप्रति हार्दिक संवेदना व्यक्त गरेका छन्।

उनले सरकारलाई ‘कायर’ भन्दै कडा आलोचना गरेका छन्। शाहले चेतावनी दिँदै भने, “यस्ता घटनाहरू दोहोरिएमा देशभक्त नेपाली चुप लागेर बस्ने छैनन्। हामी इँटको जवाफ पत्थरले दिनेछौं।”

नेपाल राष्ट्रवाद संघका अध्यक्ष शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलन दमनको विरोध गर्दै सरकारको निन्दा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार