https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

रामजी यादव
पर्सा, चैत १६ गते ।
प्रेस मञ्च नेपाल, जिल्ला कार्य समिति पर्साले आफ्नो दोस्रो जिल्ला अधिवेशन शनिबार सफलतापूर्वक सम्पन्न गरेको छ।

त्रिलोकीनाथ यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जसपा नेपालका केन्द्रीय महासचिव तथा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत प्रमुख अतिथि रहेका थिए । प्रेस मञ्चका केन्द्रीय कार्यवाहक अध्यक्ष मनोज यादव, प्रदेश अध्यक्ष अभरेन्द्र यादव, पूर्व संविधानसभा सदस्य आत्माराम प्रसाद साह, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

अधिवेशनले रामजी प्रसाद यादवको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालका केन्द्रीय महासचिव राउतले मधेशी जनताका उपलब्धिहरूलाई षड्यन्त्रपूर्वक समाप्त पार्न खोजिएको आरोप लगाए। उनले अभिव्यक्ति स्वतन्त्रताको विरोधमा आउने कुनै पनि व्यवस्था जनताले स्वीकार नगर्ने बताउँदै पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी गर्न राज्यलाई आग्रह गरे ।

मञ्चका केन्द्रीय कार्यवाहक अध्यक्ष मनोज यादवले एभिन्युज टेलिभिजनका क्यामेराम्यान सुरेश रजकको हत्या प्रति आक्रोश व्यक्त गर्दै दोषीलाई कारबाहीको माग गरे। उनले पत्रकारितामाथि दमन अस्वीकार्य रहेको बताउँदै पत्रकारहरूको हकहित र संगठनको सुदृढीकरणका लागि प्रतिबद्धता जनाए ।

मधेश प्रदेश अध्यक्ष अभरेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सबै संगठन एकजुट हुनुपर्ने बताए । अध्यक्ष त्रिलोकीनाथ यादवले प्रेस मञ्च नेपाल पर्सा जिल्ला कार्य समितिलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाउँदै समाजमा सकारात्मक परिवर्तनका लागि पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रेस स्वतन्त्रता, निष्पक्ष पत्रकारिता र सञ्चार माध्यमको वर्तमान भूमिकाबारे छलफल गरिएको थियो। अधिवेशनको आयोजना प्रेस मञ्च नेपाल, जिल्ला कार्य समिति पर्साले गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार