https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, चैत १६ गते ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको टोलीले महाेत्तरीकाे बलवा नगरपालिका–६ मा निर्माण हुन लागेको पोलिटेक्निकल इन्स्टिच्युटको निरीक्षण गरेको छ। शनिबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवालयका कर्मचारीहरूको टोलीले माईस्थान मन्दिर नजिक निर्माणस्थलको अवलोकन गरेको हो।

निरीक्षण कार्यक्रममा बलवा नगरपालिकाका नगरप्रमुख राम विजय महतो, वडा नं. ६ का वडा अध्यक्ष वैध नाथ झा, प्रशासन शाखा प्रमुख महावीर यादव लगायत स्थानीय बुद्धिजीवी तथा प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो ।

कार्यक्रमका क्रममा नगरप्रमुख महतोले पोलिटेक्निकल इन्स्टिच्युटको स्थापना शिक्षित तथा दक्ष जनशक्ति उत्पादनका लागि महत्वपूर्ण हुने बताए। वडा अध्यक्ष झाले पनि यस संस्थाले स्थानीय युवाहरूलाई रोजगारमुखी सीप प्रदान गर्न योगदान दिने उल्लेख गरे।

सरकारले प्रविधिमैत्री तथा व्यवसायिक शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यले पोलिटेक्निकल इन्स्टिच्युट स्थापना गर्न लागेको हो। निरीक्षण टोलीले निर्माण कार्य समयमा सम्पन्न गर्न सरोकारवालाहरूलाई आवश्यक समन्वय गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार