https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला, चैत १७ गते ।
महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १२ मा दुर्गा मन्दिरको प्राङ्गणमा करिब ७ सय कुमारी कन्याद्वारा कलश‍ स्थापना गरिएको छ । आज चैती दुर्गा मेला (वडादशै) को पहिलो दिन घटस्थापनाको अवसरमा गाैशाला नगरपालिका १२ कान्ति बजार स्थित रहेको दुर्गा मन्दिरको प्रांगणमा करिब ७ सय कुमारी कन्याद्वारा कलश स्थापना गरिएको हाे ।

मेला समितिका अनुसार कलश यात्रा कान्ति बजारबाट सुरु गरि ११ नम्बर गाउँ हुँदै जंगल छेउकाे डिहबार स्थानमा पुजा गरि सात नम्बर लक्ष्मिनिया हुँदै रुपनी माई स्थानमा गई कलशमा जल भरेर प्ररिया हुँदै कान्ति बजार दुर्गा मन्दिर गई कलश स्थापना गरिएका छन् ।

गतवर्ष भन्दा यस वर्ष कलश‍ स्थापनामा वृद्धि भएको छ । शान्तपूर्ण तवरले विशाल कलश यात्रा सम्पन्न भएको छ । कलश यात्रा सम्पन्न पश्चात कुमारी कन्याहरुलाई फ्रुटी, पानीको बाेतल र प्रसादकाे प्याकेट दिई विदाई गरेकाे मेला समितिका अध्यक्ष ओपेन्द्र महताेले बताए ।

कलश यात्रामा प्रमुख अतिथि नगर प्रमुख डा. दिपेन्द्र महताे, विशिष्ट अतिथिमा प्रमुख जिल्ला अधिकारी : माे. लालबाबु कवारी, अतिथि : नेपाल प्रहरीका उपरीक्षक नकुल पाेखरेल, सशस्त्र प्रहरीका उपरीक्षक पुरन चन्द्र भट्ट, अनुसन्धानका प्रहरी उपरीक्षक सुदिप अधिकारी, ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरिक्षक उत्तम सिंह भण्डारी, वडा १२ अध्यक्ष कुशेश्वर सिंह, वडा सदस्यहरु, पुर्व वडा अध्यक्ष कृष्ण बिक, पार्टी प्रतिनिधिहरु, व्यापारीहरु, वृद्धिजिवि, राजनीतिकर्मी, संचारकर्मीहरु लगायत भक्तजनहरुको भिड देखिएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार