https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, चैत १७ गते ।
नेपाल राष्ट्रवाद संघ केन्द्रीय कार्यालय वीरगंजले राजावादी नेता तथा कार्यकर्ताहरूको गिरफ्तारीको विरोधमा वीरगंजमा विरोध प्रदर्शन गरेको छ।

शुक्रबार (चैत १५) काठमाडौंमा राजावादीहरूले आयोजना गरेको आन्दोलन तथा प्रदर्शनका क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ताहरूको तत्काल रिहाइको माग गर्दै वीरगंजमा विरोध र्‍याली निकालिएको थियो। घण्टाघर चोकबाट सुरु भएको प्रदर्शनमा सहभागीहरूले “गणतन्त्र मुर्दावाद”, “संघीयता खारेज गर”, “हिन्दू राष्ट्र कायम गर”, “राजतन्त्र जिन्दावाद” जस्ता नाराहरू लगाएका थिए।

प्रदर्शनकै क्रममा राप्रपा पर्साका प्रवक्ता पृथकराज घिमिरे र राजावादी कार्यकर्ता सन्तोष साहलाई प्रहरीले आदर्शनगरस्थित सुरज होटल अगाडिबाट पक्राउ गरेपछि राजावादीहरू आक्रोशित बने। उनीहरूलाई वडा प्रहरी कार्यालय बीरगंजले गाडीमा हालेर लैजाने क्रममा प्रदर्शनकारीहरूले सडक अवरोध गर्दै प्रहरीको नियन्त्रणबाट छुटाएर लगे। त्यसपछि नाराबाजी गर्दै विरोध जुलुस आदर्शनगर, अलखियामठ, पुरानो बसपार्क, घडीअर्वा पोखरी हुँदै पुनः घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भयो।

आन्दोलनको चेतावनी

कोणसभालाई सम्बोधन गर्दै नेपाल राष्ट्रवाद संघका केन्द्रीय अध्यक्ष जनकलाल शाहले सरकारलाई चेतावनी दिँदै भने, “सरकारले आन्दोलनकारी राष्ट्रवादीहरूलाई दमन गर्ने र नेपाली जनतालाई पीडित बनाउने काम गरिरहेको छ। यदि गिरफ्तार गरिएका कार्यकर्ताहरूलाई बिना शर्त रिहा नगरे, हामी देशभर सशक्त आन्दोलन गर्नेछौं।”

विश्व हिन्दू परिषदका केन्द्रीय सदस्य पृथ्वी झाले भने, “गणतन्त्रका नाममा नेताहरूले जनतालाई लोभ देखाएर मासु, दारु बाँडेर आन्दोलन गराउँदै आएका छन्। तर, अब जनता त्यसमा नफस्ने छन्, किनकि हरेक नेपालीको मन-मस्तिष्कमा राजतन्त्र पुनर्स्थापनाको चाहना छ।”

उक्त विरोध प्रदर्शन कार्यक्रममा नेपाल राष्ट्रवाद संघका अध्यक्ष जनकलाल शाह प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा संगिता देवी शाह, उमाशंकर प्रसाद साह, राजेन्द्र प्रसाद पाल, विष्णु कुमार दास, हरेराम प्रसाद, सुरेश साह, राधाकृष्ण चौहान, चुलाइ मियाँ, मदन ठाकुर, इदा मियाँ, तैयब देवान, हरि राउत, सुरेश साह कानु, पृथ्वी झा, नन्दकिशोर गोयल, उदित सहनी, अंगद ठाकुर, दीपेन्द्र रौनियार, किरण डंगोल, शम्भु प्रसाद चौरासिया लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार