https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, चैत १८ गते ।
महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर ४ स्थित जसपा नेपालकाे केन्द्रीय कार्यकारिणी सदस्य तथा पुर्व राज्यमन्त्री डा. सुरेन्द्र यादव र पुर्व राज्यमन्त्री तथा प्रदेश सराेज सिंह कुशवाहाद्वारा सम्सी – ४ भेटपुरमा ३० लाख लागतमा सडक ढलानकाे लागि शिलान्यास गरेको छ ।

साेमबार एक समारोहबीच सम्सी गाउँपालिका वडा नम्बर ४ को वडा स्तरीय विनियोजित गरेको ३० लाखकाे लागतमा जसपा नेपालकाे केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्व राज्यमन्त्री डा. सुरेन्द्र यादव, प्रदेश सांसद तथा पूर्व राज्यमन्त्री सरोज सिंह कुश्वाहा, सम्सी गाउँपालिकाका अध्यक्ष राम नाथ यादव, उपाध्यक्ष अनिता यादव, तथा वडा नम्बर ४ का वडा अध्यक्ष राजिव कुमार यादवले संयुक्त रूपमा सडक ढलानकाे लागि शिलान्यास गरिएको हाे ।

वर्षा याममा स्थानीय जनताहरूलाई आवागमनमा कठिनाइ हुने भएकाले भेटपुर टोलमा ३० लाखको लागतमा सडक ढलान गर्न लागिएको वडा अध्यक्ष राजिव कुमार यादवले जानकारी दिनुभयो।

सडक जीर्ण अवस्थामा रहेको र बार्है महिना आवागमनमा समस्या हुँदै आएको बताउँदै कार्यक्रममा उपस्थित डा. सुरेन्द्र कुमार यादवले सडक ढलान पश्चात यस वडा लगायत बाटो भएर हिँड्ने जनताहरूलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो। बिगतदेखि यस वडामा विकासका कार्यहरू प्रभावकारी रूपमा अघि बढ्न नसकेकाले यस वडालाई प्राथमिकतामा राखी विकासका गतिविधिहरू अगाडि बढाइएको सांसद सरोज सिंह कुश्वाहाले बताउनुभयो।

सम्सी गाउँपालिकाका अध्यक्ष राम नाथ यादवले आफ्नो गाउँपालिकाबाट यस वडा सहित सम्सी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, सिंचाइ तथा भौतिक पूर्वाधारका क्षेत्रमा बजेट विनियोजन गरेर विकासमा योगदान पुर्‍याएको जानकारी दिनुभयो।

सांसद सरोज सिंह कुश्वाहाले यस वडा तथा सम्सी गाउँपालिकामा स्वास्थ्य चौकी भवन निर्माण, सामुदायिक भवन निर्माण, सडक ढलान लगायतका दर्जनौँ योजनाहरू सञ्चालनमा रहेको र केही योजनाहरू सम्पन्न भइसकेको बताउनुभयो। साथै, आउँदो आर्थिक वर्षमा अझ धेरै विकास योजनाहरू राखी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै, सम्सी गाउँपालिकालाई ‘विराटकिल्ला’ बनाउन आफू अघि बढिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार