https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, चैत १९ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको महोत्तरीस्थित गौशाला नगर स्तरीय अधिवेशन यही चैत २० गते बुधबार सम्पन्न हुने भएको छ। नगर अधिवेशनलाई भव्य र व्यवस्थित बनाउन पार्टीका केन्द्रीय सदस्य रमेश कुमार महतोले सम्पूर्ण नगरवासी, कार्यकर्ता तथा सरोकारवालालाई उपस्थित भई सफल बनाउन अनुरोध गर्नुभएको छ ।

अधिवेशनमा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला, क्षेत्रीय तथा नगरस्तरीय नेताहरूको उपस्थित रहने बताइएको छ । साथै, महिला, युवा तथा किसान कमिटीका पदाधिकारी एवं कार्यकर्ताहरूलाई समेत विशेष रूपमा सहभागिता जनाउन आह्वान गरिएको छ ।

नगर अधिवेशनको तयारी तीब्र

नगर अधिवेशनलाई व्यवस्थित बनाउन जसपाले तयारी तीव्र पारेको छ। अधिवेशनको आयोजना, व्यवस्थापन तथा सांगठनिक संरचनाबारे छलफल गर्न विभिन्न उपसमितिहरू गठन गरिएको छ । अधिवेशनले पार्टी संगठनलाई थप सुदृढ गर्दै स्थानीयस्तरमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

एजेन्डा र मुख्य बुँदाहरू

अधिवेशनमा पार्टी संगठन विस्तार, सांगठनिक सुदृढीकरण, भावी रणनीति तथा स्थानीय तहमा पार्टीको भूमिकाबारे गहन छलफल गरिने बताइएको छ । साथै, पार्टीका तर्फबाट स्थानीय सरकारसँग समन्वय गरी जनताको समस्या समाधान गर्ने उपायहरूबारे पनि विचार-विमर्श गरिनेछ ।

केन्द्रीय नेताहरूको प्रमुख सम्बोधन रहने अधिवेशनमा पार्टी कार्यकर्ता तथा स्थानीय बासिन्दाको समेत व्यापक उपस्थिति रहने अनुमान गरिएको छ । नगर अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न तयारीहरू भइरहेको जसपा नगर कमिटी गौशालाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार