चन्दन कुमार महतो
राैतहट, चैत १९ गते ।
प्रेस मञ्च नेपाल रौतहटको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ। जिल्लाको सदरमुकाम गौरस्थित जी मार्ट होटलको सभा हलमा मंगलवार सम्पन्न अधिवेशनले किशोरी यादवको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) को छाता संगठन प्रेस मञ्च नेपाल रौतहटको दोस्रो अधिवेशन मञ्चका केन्द्रीय कार्यवाहक अध्यक्ष मनोज यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
नयाँ कार्यसमिति:
- अध्यक्ष: किशोरी यादव
- उपाध्यक्ष: दीपक कुमार
- महिला उपाध्यक्ष: रश्मी पटेल
- सचिव: चन्दन कुमार महतो
- सह-सचिव: दिलीप पाण्डे
- महिला सह-सचिव: प्रियंका सिंह
- सदस्यहरू:
- श्रीकान्त यादव
- मोहम्मद एखलाख
- शेख समीर आलम
- अरविन्द यादव
- सुनीता कुमारी
- प्रदीप कुमार यादव
- राकेश पटेल
- सोनु कुमार महतो
- विजय जयसवाल
- राधेश्याम साह
- प्रेम शंकर यादव
अधिवेशनमा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री योगेन्द्र राय यादव, केन्द्रीय सदस्य एवं मधेश प्रदेश सांसद शोभा देवी साह, प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ रौतहटका संस्थापक रविन्द्र प्रसाद साह, प्रेस मञ्च नेपाल मधेश प्रदेश समितिका महासचिव बन्दना झा, महोत्तरी जिल्ला सदस्य शैलेन्द्र यादव लगायतको उपस्थिती थियो।
कार्यक्रममा सहभागी अतिथिहरूले प्रेस मञ्च नेपालको भूमिका र जिम्मेवारीबारे प्रकाश पार्दै, स्वतन्त्र पत्रकारिताका लागि संगठनलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए।



