https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

दिपेश कुमार शाह
रौतहट, चैत २० गते ।
राैतहटकाे कटहरिया नगरपालिका वडा नम्बर ४ मा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको छ । उक्त शिविरमा ४८ जना बिरामीले आफ्नो आँखा परीक्षण गराएका छन् ।

कटहरिया वडा नम्बर ४ को समन्वयमा नेत्र ज्योति आँखा हस्पिटल प्रालिले सञ्चालन गरेको यस शिविरमा स्थानीय बासिन्दाले निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा प्राप्त गरेका छन्। परीक्षण गराएका मध्ये २८ जना बिरामीमा मोतियाविन्दुको समस्या देखिएको आधारभूत स्वास्थ्य केन्द्र कटहरिया ४ का इन्चार्ज कृषनन्दन साहले जानकारी दिएका छन्।

शिविर चैत १९ र २० गते गरी दुई दिनसम्म सञ्चालन हुनेछ। इन्चार्ज साहका अनुसार कुनै पनि व्यक्ति सेवा प्राप्त गर्नबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले शिविर आयोजना गरिएको हो।

वडा अध्यक्ष चन्दन कुशवाहाले आँखा समस्याबाट पीडित बिरामीलाई अन्यत्र जानुपर्ने बाध्यता हटाउने लक्ष्यसहित शिविर सञ्चालन गरिएको बताए। साथै, उनले सबै वडावासीलाई यो अवसरको लाभ उठाउन आग्रह गरे।

शिविर सञ्चालन भइरहँदा कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिर बहादुर साहले निरीक्षण गरेका थिए। उनले ग्रामीण भेगका सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुग्ने यस्ता कार्यक्रमहरूको आवश्यकतामा जोड दिए।

शिविर उद्घाटन कार्यक्रममा वडा सदस्य रामइश्वर यादव, मेराजुल मियाँ धोबी, एलआईसीका अभिकर्ता जटाशंकर सोनी लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। यसअघि कटहरिया वडा नम्बर ६ फतेपुरमा पनि यस्तै आँखा शिविर सञ्चालन गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार