https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजविराज, चैत २१ गते ।
प्रेस मञ्च नेपाल, जिल्ला कार्य समिति, सप्तरीको आयोजनामा दोस्रो जिल्ला अधिवेशन नेपाल पत्रकार महासंघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमको औपचारिक उद्घाटन प्रेस मञ्च नेपाल, सप्तरीका अध्यक्ष भूषण सिंहको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा जनता समाजवादी पार्टीका केन्द्रीय सचिव तथा मधेश प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र साह सहभागी थिए ।

विशेष अतिथि रूपमा प्रेस मञ्च नेपालका कार्यवाहक अध्यक्ष मनोज यादव, महासचिव अवधेश झा, र जसपा नेपाल प्रचारप्रसार विभागका सदस्य अमरनाथ मण्डलले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

अधिबेसनले धरमपाल राउतकाे अध्यक्षतामा १५ सदस्यीय जिललाकार्य समिति चयन गरेकाे छ । अध्यक्षमा धरमपाल राउत रहेकमे छ भने उपाध्यक्षमा रूपेश यादव, सचिव प्रवेश कुमार मिश्र, सहसचिव राम शंकर भण्डारी, कोषाध्यक्ष आनन्द मोहन शर्मा, सदस्यहरूमा बिपिन कुमार यादव, रामनाथ चौधरी,रबिन्द्र यादव, उमेश साह रहेका छन । त्यसै गरि अधिवेशनले प्रदेश पार्षदहरूमा प्रवेश मिश्र रबिन्द्र यादव, उमेश साह, राजु शर्मा, राजेन्द्र मिश्र, सौरभ यादव चयन गरेका छन भने केन्द्रीय पार्षदहरूमा  गगन प्रसाद साह, विद्यानन्द राम, जितेन्द्र कुमार झा, बृजमान तामाङ, भूषण सिंह, आर.एन. बिश्वास, चन्दन यादव रहेका छन ।

अधिवेशनमा प्रेस मञ्च नेपालका कार्यबाहक अध्यक्ष मनाेज यादवले  स्वतन्त्र, निष्पक्ष र उत्तरदायी पत्रकारिताको आवश्यकता औंल्याउँदै, स्थानीय सञ्चारकर्मीहरूको हक–हित र संगठनको सुदृढीकरणका लागि संयुक्त रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिदै यस अधिवेशनले प्रेस स्वतन्त्रताको प्रवर्द्धन, सञ्चार क्षेत्रको सुधार र पत्रकारहरूको पेशागत सुरक्षामा नयाँ ऊर्जा थप्ने विश्वास लिएकाे बताउनु भयाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार