राहुल गुप्ता
कृष्णनगर, चैत्र २२ गते ।
हरेक वर्षझैं यस वर्ष पनि कृष्णनगर नगरपालिका–३ स्थित रानी ग्राउंडमा भव्य रूपमा नाइट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । जय नेपाल स्पोर्ट्स क्लबको आयोजनामा हुने प्रतियोगिता चैत २३ गते शनिबारदेखि सुरू हुने छ ।
प्रतियोगिताको पहिलो दिन ग्रेन्ड कसमो र गोरुसिङ्गे टिमबीच रोमाञ्चक भिडन्त हुनेछ । प्रतियोगितामा नेपालभरिका ३२ टिमहरूले सहभागिता जनाउनेछन् ।
विजेता टिमले नगद १ लाख ३१ हजार रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेता टिमलाई ६५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जानकारी दिएका छन् । प्रतियोगिता कम्तीमा १० दिनसम्म सञ्चालन हुनेछ ।
जय नेपाल स्पोर्ट्स क्लबले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि खेलकुदको माध्यमबाट युवाहरूलाई सशक्त बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आएको छ ।

