https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद शाह
बिरगंज, पर्सा २३ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साका नेता जलेशवर सरार्फले जिल्ला कार्यसमितिको निष्क्रियता र उदासिनताप्रति गम्भीर असन्तुष्टि जनाउँदै आमरण अनसन बस्ने चेतावनी दिएका छन्।

नेता सरार्फले सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक अभिव्यक्ति दिँदै राप्रपा पर्साको गतिविधि चित्तबुझ्दो नभएको र आम समुदाय तथा कार्यकर्ताको विश्वास घट्दै गएको अवस्था प्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार पटकपटक पार्टीको केन्द्रीय नेतृत्वलाई जानकारी गराउँदा पनि कुनै चासो नदिइएको भन्दै अब बाध्य भएर आमरण अनसनमा बस्न लागिएको उल्लेख गरेका छन्।

देशमा परिवर्तनको चाहना चुलिँदै गइरहेको र परिवर्तनको संघारमा सरकारकै असंवैधानिक गतिविधिको विरुद्ध राप्रपा आन्दोलनरत रहेको बेला पर्सा जिल्ला कार्यसमिति भने पूर्णरूपमा निष्क्रिय रहनु दुर्भाग्यपूर्ण भएको सरार्फको भनाइ छ।

सरकारद्वारा राप्रपा महामन्त्री धवलशम्शेर राणा, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लगायत थुप्रै नेताहरूमाथि झूटा मुद्दा लगाएर नियन्त्रणमा राखिएको वर्तमान परिस्थितिमा पार्टीको आन्दोलनलाई सशक्त बनाउनु पर्ने समयमा पर्सा जिल्ला कार्यसमिति निष्क्रिय हुनु दुर्भाग्यपूर्ण भएको उनले बताएका छन्।

नेता सरार्फका अनुसार, आन्दोलनमा जिल्लाबाट आफू लगायत केही सीमित नेताहरू मात्रै सक्रिय छन् भने जिल्ला कार्यसमिति संयोजनविहीन रुपमा मौन रहेको छ। यस्तो अवस्थामा पार्टीको साखमा गम्भीर असर पर्ने भन्दै उनले आन्दोलनको अवधिभर अध्यक्षलाई “सच्चिने मौका” दिएको र पछि सम्पूर्ण जवाफ दिनुपर्ने चेतावनीसमेत दिएका छन्।

उनले भने, “राप्रपाको हालको महाअभियान देशबाट गणतन्त्रलाई विस्थापित गरी राजसंस्थालाई पुनःस्थापनाको हो। यस्तो संवेदनशील घडीमा जिल्ला कार्यसमितिको भूमिका नदेखिनु गम्भीर विषय हो। यदि समयमै सुधार नभए सम्पूर्ण जिम्मेवारी जिल्ला अध्यक्षले लिनुपर्नेछ।”

प्रतिक्रिया

सम्बन्धित समाचार