https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जय कुमार यादव
बिरगंज, चैत २३ गते ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट नेपाल खेलकुद महासंघ समाजवादी पर्साले शनिबार एक कार्यक्रमको आयोजना गरी दोश्रो महाधिवेशनबाट निर्वाचित केन्द्रिय पदाधिकारीहरुलाई सम्मान गरेको छ ।

महासंघको चैत १८ र १९ गते काठमाडौंमा सम्पन्न दोश्रो राष्ट्रिय महाधिवेशनबाट पर्साबाट आकाश पटेल केन्द्रिय उपाध्यक्ष तथा विशेश्वर पटेल केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए ।

कार्यक्रममा पार्टीका नेता गंगाबहादुर खडका, भोला महतो थारु, अनिल पटेल, मदन पटेल, राधेश्याम सिंह, द्वारिका श्रीवास्तव, राघव साह लगायतले नव–निर्वाचित नेताहरुलाई अबिरको टिका र खादा ओढाएर सम्मान गरेका थिए ।

उपस्थित अतिथिहरुले आकाश पटेल र विशेश्वर पटेललाई बधाई दिँदै आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम महासंघ समाजवादी पर्साका अध्यक्ष विशेश्वर पटेलको अध्यक्षतामा सम्पन्न भएको हो भने सहजिकरण जिल्ला सचिव उपेन्द्र पटेलले गरेका थिए ।

त्यसै अवसरमा युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य तथा पर्सा इन्चार्ज अनिल पटेलले पर्सा जिल्लाको युवा संघ नेपाल तदर्थ समिति गठन भएको घोषणा गरेका थिए ।

नयाँ तदर्थ समितिको संयोजकमा राज श्रीवास्तव र सह–संयोजकमा सकलदेव यादव चयन गरिएको छ भने पछि १० जना थप गर्दै ४१ सदस्यीय समिति बनाइने जानकारी इन्चार्ज पटेलले दिए ।

समितिमा शैलेस श्रेष्ठ, प्रताप पटेल, विकास श्रीवास्तव, राम पटेल, सुशिल गुप्ता, रञ्जित यादव, अमित पटेल, बजरंगी यादव, अरमान राय, रोशन बर्मा, जयनाथ पटेल, उपेन्द्र पटेल लगायत रहेका संयोजक श्रीवास्तवले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार