https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौँ, चैत्र २४ गते ।

काठमाडौँ उपत्यकाको वायु प्रदूषण आइतबार पनि उच्च रहेको छ। बिहान ६:३० बजेको ‘एयर क्वालिटी इन्डेक्स’ (AQI) अनुसार काठमाडौँ विश्वमै दोस्रो प्रदूषित शहरको सूचीमा परेको हो।

इन्डेक्सका अनुसार काठमाडौँको AQI २०४ रहेको छ, जुन “अति अस्वस्थकर” तहमा पर्दछ। पहिलो स्थानमा भारतको राजधानी दिल्ली (AQI २४९) छ भने पाकिस्तानको लाहोर (AQI २०२) तेस्रो स्थानमा रहेको छ।

गत शुक्रबार र शनिबार केही समयको लागि हावा चलेकोले प्रदूषणमा अलिकति सुधार देखिए पनि स्थिति अझै जोखिमपूर्ण रहेको विज्ञहरुको भनाइ छ। लामो समयदेखि वर्षा नहुनु र उपत्यका वरपरका जंगलमा लागेको डढेलोका कारण प्रदूषण बढेको हो।

स्वास्थ्य मन्त्रालयले हालको अवस्थालाई अत्यधिक अस्वस्थकर भन्दै नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ। चिकित्सकहरु बिहान र साँझ घरबाहिर ननिस्कन सल्लाह दिन्छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार AQI ५० भन्दा कम हुनु स्वास्थ्यका लागि उपयुक्त मानिन्छ। तर २०० भन्दा माथिको सूचकांकलाई “अति अस्वस्थकर” मानिन्छ र ३०० भन्दा माथि पुगेमा “विपद्” को अवस्था ठहरिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार