https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

विराटनगर, चैत २५ गते ।
नौदिने चीन भ्रमणमा निस्किएका मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले कार्यवाहक अध्यक्षको जिम्मेवारी वडा नम्बर ३ का वडाध्यक्ष रमेशकुमार भगतलाई दिएका छन् ।

उपाध्यक्ष गुणवतीदेखि थारूसँग राम्रो सम्बन्ध नभएको कारण उनले भगतलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

अध्यक्ष अनुपस्थित हुँदा उपाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिनुपर्ने स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख छ । माझी नेकपा माओवादी केन्द्रका नेता दिननाथ शर्माको नेतृत्वमा मंगलबारदेखि नौदिने चीन भ्रमणमा जाँदैछन् ।

भ्रमणमा निस्कनुअघि कार्यालयका कर्मचारीहरूले उनलाई सोमबार खादा, माला र अबिर लगाएर बिदाइ गरेका थिए । माझीलाई कर्मचारीले भ्रमणको शुभकामना दिइँरहँदा सँगै जोडिएको कार्यकक्षमा रहेकी उपाध्यक्ष थारू भने सहभागी थिइनन् ।

उपाध्यक्षसहित नेकपा एमालेका जनप्रतिनिधिहरूको बहुमत रहेको ग्रामथानमा माओवादी केन्द्रबाट माझी गत उपनिर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए । कार्यवाहक दिइएका रमेश भने माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार