https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, चैत २५ गते ।
नेपालका सर्लाही, महोत्तरी र रौतहट तथा भारत (बिहार) राज्यका सीतामढी जिल्लाका पदाधिकारीहरूबीच सीमा सुरक्षा र समन्वयलाई सुदृढ बनाउने उद्देश्यले सीमा संयुक्त समन्वय समिति (Border District Coordination Committee – BDCC) को नियमित बैठक सोमबार भारतको सीतामढी जिल्लामा सम्पन्न भएको छ।

नेपालतर्फको टोलीको नेतृत्व सर्लाहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तुलसी बहादुर श्रेष्ठले गरेका थिए। बैठकमा महोत्तरी र रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, सम्बन्धित जिल्लाका प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख तथा अन्य सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

भारततर्फबाट सीतामढी जिल्लाका मुख्य जिल्ला अधिकारीको नेतृत्वमा एसएसबी, प्रहरी प्रशासन तथा सम्बन्धित अधिकारीहरूको सहभागीता रहेको थियो।

बैठकमा सीमा क्षेत्रमा हुन सक्ने चोरी, तस्करी, लागूपदार्थ तथा मदिराको ओसारपसार नियन्त्रण, अवैध मुद्रा कारोबार रोकथाम, आपराधिक सूचना आदानप्रदान र सीमा सुरक्षा संवेदनशीलता जस्ता विषयमा विस्तृत छलफल भएको जनाइएको छ।

बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार