https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

दिपेश साह
कटहरीया, चैत २६ गते ।
विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका कटहरीया नगरपालिका निवासी युवा नेता राजा बाबु शाहले नेपाली कांग्रेसबाट राजीनामा दिएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत शाहले आफ्नो राजीनामाको घोषणा गरेका हुन्।

राजा बाबु शाहले २३ वर्षदेखि विभिन्न विद्यार्थी संगठन हुँदै कांग्रेसभित्र निरन्तर राजनीतिक सक्रियता जनाउँदै आएका थिए। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट चुनाव जित्दै आएका शाहले राष्ट्रिय युवा परिषद्को अध्यक्ष पदमा पनि विजय हासिल गरेका थिए।

पत्रकार सम्मेलनमा उनले भने, “मैले नेपाली कांग्रेसमा लामो समय योगदान गरेँ तर यहाँ मेरो भविष्य देखिन छाडेको छ। नेताहरूले मलाई अगाडि बढ्न दिने होइन, वञ्चित गर्दै आइरहेका छन्। मलाई पछि पार्न खोज्नेहरूसँग म निरन्तर लडिरहेँ, तर अब समय आएको छ नयाँ बाटो खोज्ने।”

शाहले ‘मिशन २०८४’ अन्तर्गत भविष्यमा ठूलो राजनीतिक उद्देश्य लिएर अघि बढ्ने संकेत समेत दिएका छन्। उनले आगामी योजनाबारे विस्तृत खुलासा नगरे पनि क्षेत्रीय नेताहरूसँग छलफल गरी आफ्नो ठाउँ पहिल्याउँदै गरेको बताएका छन्।

राजीनामाको मुख्य कारण पार्टीभित्रको गुटबन्दी, अवसरविहीनता र भ्रष्टाचार भएको शाहको आरोप छ। उनले अन्त्यमा भने, “भ्रष्टाचारीलाई जराबाट उखेल्नुपर्छ, होइन भने देशले विकास देख्दैन। भ्रष्टाचार पाल्ने अर्थमन्त्री यादव नै हुन्।”

शाहको राजीनामा र आरोपसँगै रौतहटको कांग्रेस राजनीतिमा तरंग पैदा भएको छ। अब शाहले कुन राजनीतिक यात्राको तयारी गर्दैछन् भन्ने चासो स्थानीय र प्रदेशस्तरमा बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार