https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, चैत २७ गते ।
नयाँ बर्ष २०८२ को शुभ उपलक्ष्यमा एवं बिरगंजमा गर्मी बढे संगै यहाका अस्पतालहरुमा बिरामीहरुको अत्याधिक चाप भई रगतको अभाव भएकोले गर्दा उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। `रक्तदान जीवन दान रक्तदान गरौं पुण्यको भागी बनौं ´भन्ने मूल नाराको साथ बिरगंज कलेज द्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा बिरगंज कलेजका अध्यक्ष डा.दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो । सुरेश प्रसाद चौधरी, बिनोद कुमार गुप्ता, सुनिता साह लगाएतकाहरुको विशेष उपस्थिति रहेको थियोे।

उक्त कार्यक्रममा समाजसेवी राजेन्द्र भट्टराई एवं पर्सा प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशिला साह लगाएत सन्चारकर्मीहरुको तथा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल, सामुदायिक प्रहरी सेवा कुम्हालटाेलका सचिव श्रवन बहादुर रायमाझी लगायतकाहरुको विशेष उपस्थिति रहेको थियो।

सो आयोजित रक्तदान कार्यक्रममा १५ महिला सहित ६२ जनाले आफ्‌नो अमुल्य रक्तदान गरेका थिए । सो रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी बिरगंज रेश्मकोठी उपशाखाका युवा सन्योजक अभिलाष गुप्ताले जानकारी गराएका थिए ।

आजको रक्तदान कार्यक्रममा रक्तदान गर्नहुनेहरुमा रितिका कुमारी महर्जन, प्रिती कुमारी, सुनिता साह, जान्भी गुप्ता, रिया यादव, श्रवण पटेल,बिकेश कुमार लगायतकाहरुले आफ्नो अमुल्य रक्तदान गरेका थिए ।

नेपाल रक्तसंचार केन्द्र बिरगंजमा दिन प्रति दिन रगतको अभाव देखिएका कारण रगतको आपुर्तीलाई मध्यनजर गर्दै सो रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।

सो रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र बिरगंजका जितेन्द्र कुशवाहा, लिलाधर साहको प्राविधिक सहयोगले सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार