गाैशाला, बैशाख १ गते ।
महाेत्तरीकाे बलवा नगरपालिका वडा नं. ३ मा संघीय सरकार र स्थानिय तहको साझेदारीमा निर्माण हुन लागेको विद्यालय भवनको शिलान्यास सोमबार एक विशेष समारोहबिच नगर प्रमुख राम विजय महतोको प्रमुख अतिथिमा सम्पन्न भएको छ ।
सो विद्यालय भवन निर्माणले स्थानिय विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधारमा टेवा पुर्याउने अपेक्षा गरिएको छ । नगर प्रमुख महतोले शिक्षालाई बलवामा उच्च प्राथमिकतामा राखिएको बताएर आगामी दिनमा अझ धेरै विकास योजनाहरू कार्यान्वयन गरिने योजना रहेको उहाँले बताए ।

शिलान्यास कार्यक्रममा नगर उप–प्रमुख श्रीमती राम दुलारी देवी, वडा नं. ३ का वडा अध्यक्ष राम शरण यादव, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी तथा स्थानिय सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।









