https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला, बैशाख २ गते ।
महोत्तरीको गौशाला नगरपालिकाले नेपाली यू–१९ महिला क्रिकेट टिमकी कप्तान पूजा कुमारी महतोलाई मानार्थ खेलकुद अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय महिला क्रिकेट टोलीकी उदयीमान खेलाडी पूजा महतो नगरपालिकाको वडा नं. ९ निवासी हुन् । नगरपालिकाले उनीप्रति सम्मान प्रकट गर्दै शिक्षा तथा खेलकुद शाखामा मानार्थ खेलकुद अधिकृत पद सृजना गरी छैठौं श्रेणीअनुसारको पारिश्रमिक सहित नियुक्त गर्ने निर्णय गरेको हो ।

गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोका अनुसार पूजा महतोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै मधेश र देशकै शान बढाएकी छन् । उहाँले भने, “यस्तो प्रतिभालाई संस्थागत सम्मान दिनुपर्छ भन्ने सोचले यो निर्णय लिएका हौं ।”

अहिले अठार वर्षे पूजाको क्रिकेट करिअर प्रारम्भिक चरणमै छ । यद्यपि, उनले आफ्नो लक्ष्य स्पष्ट रूपमा निर्धारण गरेकी छन्—क्रिकेटमै भविष्य बनाउने, देशको प्रतिनिधित्व गर्ने र आर्थिक स्थितिमा सुधार ल्याउने ।

उनले भनिन्, “धेरै कुरा सिक्न बाँकी छ, सिक्दै अगाडि बढ्ने हो ।” सिनिअर राष्ट्रिय टोलीमार्फत विश्वकप छनोटमा पुग्ने दीर्घकालीन लक्ष्य लिएकी पूजाको ठूलो सपना भनेको परिवारको जिम्मेवारी आफ्नै काँधमा लिनु हाे ।

पूजाको यो नियुक्तिलाई सामाजिक सञ्जालमा व्यापक समर्थन र प्रशंसा प्राप्त भएको छ । स्थानीय युवा, खेलाडी तथा खेलप्रेमीहरूबीच यसले उत्साह थपेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार