https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख ६ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल महोत्तरीको जिल्ला अध्यक्षमा राम नरेश राय भारी मतान्तर सहित विजयी भएका छन्। रायले १९५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी राम प्रकाश यादवले ११० मत प्राप्त गरे ।

उपाध्यक्ष पदमा रामेश्वर राय यादव (१८६ मत) र शिवचन्द्र साह (१५५ मत) विजयी भए। कुमरकान्त झाले भने १०५ मत प्राप्त गरे। सचिव पदमा महेश कुमार यादव २०२ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी रविन्द्र महतोले ७५ र श्याम किशोर चौधरीले ९ मत प्राप्त गरे ।

उपसचिव पदमा प्रकाश साहले १८१ र खुसी पटेलले १२९ मतसहित जित निकाले। अन्य प्रतिस्पर्धी लक्ष्मी नायकले १०३, ज्ञानेन्द्र प्रसाद साहले ९३ र अरुण कुमार यादवले ३३ मत पाए ।

कोषाध्यक्षमा सखिचन्द्र यादव १६१ मतसहित विजयी भए भने उनकी प्रतिस्पर्धी बन्दना पाण्डेले १२३ मत ल्याइन्। कुल ३३३ मतदातामध्ये ३०९ जनाले मतदान गरेका थिए ।

५० जना सदस्यका लागि ४६ जनाको मात्र उम्मेदवारी परेको हुँदा सबै सदस्य निर्विरोध निर्वाचित भएका छन्। निर्विरोध सदस्यहरू विभिन्न स्थानीय तहबाट चयन भएका छन्, जसमा नवल महतो, दिपेन्द्र ठाकुर, राजेशकुमार राय, रुपनारायण भगत, सुरेश यादव, दरवेश राय यादव, राम विचारी राय लगायत छन् ।

त्यस्तै महिलातर्फ अजिमा खातुन, फतमा खातुन, जुमनी देवी ठाकुर, उर्मिला देवी यादव, पूनमदेवी यादव, श्यामकला देवी चमार, फुलोदेवी शर्मा, अनिताकुमारी लगायतका प्रतिनिधिहरू पनि निर्विरोध चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट