https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज : नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५५औं स्थापना दिवसको अवसरमा वीरगन्जमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व इकाई सभापति मनोज साहको पहलमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि सांसद पदका उम्मेदवार शम्भु चौहानले रक्तदाताहरूलाई शुभकामना व्यक्त गरे।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्व क्षेत्रीय सभापति विजय कर्ण, नेपाली कांग्रेस पर्साका पूर्व सह-सचिव रोशन लामिछाने, पूर्व स्ववियु सभापति मनोज यादव, जय नेपाल फाउन्डेसनका जिल्ला सभापति मनोहर साह, तरुण दलका केन्द्रीय सदस्य संजय चतुरबेदी, स्ववियु सभापति पदका उम्मेदवार राजु गुप्ता र विद्यार्थी नेता रुपेश साहको उपस्थिति रहेको थियो।

कार्यक्रममा १ महिला सहित ३० जनाले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रमलाई रक्तसञ्चार केन्द्र वीरगन्जबाट खटिएको टोलीले प्राविधिक सहयोग प्रदान गरेको थियाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट