
चन्दन कूमार महतो
राैतहट, बैशाख ९ गते ।
रौतहटकाे राजपुर नगरपालिकाको नगर प्रमुख डाक्टर मोहम्मद राजीक आलमको बिशेश पहलमा जंगली बादर नियन्त्रणमा
राजपुर नगरपालिका वडा न.९ बैरियाका किसानहरुको मकै बाली लगायत अन्य बालिहरुलाई जंगली बादरले नस्ट गर्दै आईरहेकोमा राजपुर नगरपालिकाको नगर प्रमुख डाक्टर मोहम्मद राजीक आलमको बिशेश पहलमा र राजपुर नगरपालिका सहकार्यमा बादर नियन्त्रणमा लिने टोलि खटी १८ वटा बादर नियन्त्रणमा लिएका छ्न ।
नियन्त्रणमा लिएका सो बादरहरु सम्बन्धित निकायको सहकार्यमा जङ्गलमा छोड्नका लागि राजपुर नगरपालिकाका ट्रेकटरमा लगेको थियो ।
रौतहट जिल्लाको राजपुर नगरपालिकामा कृषि क्षेत्रमा बाँदरको बढ्दो प्रकोपलाई नियन्त्रण गर्ने उद्देश्यले मधेश प्रदेश सरकारले ‘बाँदर व्यवस्थापन विशेष कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६’ लागू गरेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पहलमा सञ्चालित यस कार्यक्रमले स्थानीय कृषकहरूलाई अन्नबाली, फलफूल र तरकारी खेतीमा भोग्नुपरेको क्षति न्यूनीकरण गर्ने लक्ष्य लिएको छ ।