https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, बैशाख १५ गते ।
पर्साको दोस्रो सदरमुकामको रुपमा रहेको पोखरिया नगरपालीका बाट आज देखी पोखरिया नगरपालीका सहित ४ गाउँपालिकामा राष्ट्रिय परिचय पत्र विवरण गर्ने कार्य सुरु भएको छ ।

राष्ट्रिय परिचय पत्रको विवरण दर्ता कार्य पोखरियाबाट सुरु भए पश्रचात ग्रामीण भेगका सेवा ग्राहीहरु खुसी भएका छन । पोखरियाबाट सेवा लिन पुगेका पोखरिया लगाएत ४ पालीकाको सेवा ग्राही नागरिकहरुले राष्ट्रिय परिचय पत्रको विवरण दर्ता कार्य बाट खुसी हुँदै घर फर्केका छन । ग्रामिण भेगबाट सदरमुकाम जादा तिर्नु परेको चर्काे सवारीको भाडा, लामो समय सम्म लाईनमा बस्नु पर्ने बाध्यता र बढी समय लागने कार्यबाट छुटकारा भएको सेवा ग्राहीहरुले बताएका छन ।

यो कार्य सहरानिय रहेको र जाडै जिल्ला प्रसासन कार्यालयको शाखा पोखरियामा स्थापना गरउन पोखरियाका नगरपालीकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहान सित आग्रह गर्दै सेवा ग्राहीहरुले धन्यवाद दिएका हुन । सेवा ग्राहीहरुको कुरा पश्रचात नगर प्रमुखले सदरमुकाम स्थित रहेका जिल्ला प्रसासन कार्यालयको शाखा सहित विभिन्न कार्यालयहरुको साखा पोखरियामा चाडै स्थापना हुने आस्वासन दिएका हुन ।

पोखरिया नगरपालीका स्थित रहेका जुन सुकै कार्यालयको सेवा प्रवाहमा सेवा ग्राहीले समयमा सेवा नपाउँदा आफुलाई जानकारी गराउन आग्रह पनी गरेका हुन ।

जिल्ला प्रसासन कार्यालय पर्साको २०८२ –०१ –१२ गतेको निर्णय अनुसार २०८२ –०१ –१४ गते देखी जिल्लाको ४ स्थानबाट राष्ट्रिय परिचय पत्रको विवरण दर्ता सँकलन कार्य सुरुगरिने तोकिएको स्टेशनहरु मध्ये पोखरिया नगरपालीका बाट, पोखरिया लगाएत पकाहामैनपुर गाउँपालीका, कालिकामाई गाउँपालीका, छिपहरमाई गाउँपालीका, धोविनी गाउँपालिकाको राष्ट्रिय परिचय पत्रको लागी विवरण दर्ता कार्य सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार