https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, बैशाख १७ गते ।
महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नम्बर ९ मा रहेको गाउँब्लकमा वर्षौँदेखि बसोबास गर्दै आएका सुकुम्बासी परिवारहरूलाई मंगलबार जग्गाधनी प्रमाण–पूर्जा (लालपूर्जा) वितरण गरिएको छ।

नापी कार्यालय महोत्तरीले वडा कार्यालयको प्राङ्गणमा विशेष समारोहको आयोजना गरी ३५४ सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण गरेको हो । साविक भरतपुर गाविसका वडा नं. १, २, ३, ४ र ६ का भूभागहरूमा वर्षौँअघिदेखि बसोबास गर्दै आएका ती परिवारहरूलाई कानुनी रूपमै जग्गा प्राप्त भएपछि वर्षौँको आशा पूरा भएको उनीहरूले बताएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य माननीय लक्ष्मी महतो कोइरीले भूमिहीनहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सरकार सक्रिय रहेको उल्लेख गर्दै भने, “अब हरेक भूमिहीन नेपाली नागरिकले आफ्नो नाममा लालपूर्जा पाउने सुनिश्चितता तर्फ सरकार प्रतिबद्ध छ ।”

प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले कार्यक्रममा सम्बोधन गर्दै भन्नुभयो : “तपाईंहरू इमानदार हुनुहुन्छ, धैर्यताका साथ बसेको मूल्य आज प्राप्त भएको छ । अब यो लालपूर्जाको सदुपयोग गर्नुहोस्, दुरुपयोग नगर्न आग्रह समेत गरेका थिए ।” उहाँले सरकारी स्रोत तथा जनताको सम्पत्तिको संरक्षण र सदुपयोगमा सबैले उत्तरदायी बन्नुपर्नेमा जोड दिनुभयो ।

भूमिहीन मञ्चका प्रतिनिधिहरूले पनि यो उपलब्धिलाई ऐतिहासिक बताउँदै अन्य वडामा रहेका भूमिहीनका लागि पनि शीघ्र लालपूर्जा वितरण गरिनुपर्ने माग राखेका छन् ।

लालपूर्जा प्राप्त गरेपछि स्थानीय बासिन्दाहरू अत्यन्तै खुसी देखिएका थिए । धेरैले भने, “हामी वर्षौँदेखि यँही जग्गामा घर बनाएर बसेका थियौँ, तर कागजी प्रमाण थिएन । आज हाम्रो सपना पुरा भयो।”

नापी कार्यालय महोत्तरीका अनुसार, बाँकी वडाहरूमा समेत लालपूर्जा वितरण प्रक्रिया अघि बढाइएको छ र उपयुक्त सर्भे तथा कानुनी प्रक्रिया पूरा भएलगत्तै बाँकी परिवारहरूलाई पनि प्रमाणपत्र वितरण गरिनेछ ।

समारोहमा मालपोत कार्यालय जलेश्वरका प्रमुख राम बिनय सिंह, नापी टोलीका प्रमुख सर्फुदिन अन्सारी, भूमिहीन मंचका केन्द्रीय सदस्य फौद सिंह, जिल्ला सचिव राजकुमार बस्नेत, जसपा नेपालका नगर संयोजक : कुमरकान्त झा तथा ईलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरीक्षक उत्तम सिंह भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार