
गाैशाला, बैशाख १८ गते ।
लोकतान्त्रिक पत्रकार संघ महोत्तरीको जिल्ला संयोजकमा राजिव कुमार राय कुर्मीलाई मनोनीत गरिएको छ । संघको केन्द्रीय कार्यसमितिले विधानअनुसार पत्रकार कुर्मीलाई महोत्तरी संयोजकमा मनोनीत गरेको हाे ।
नेपाल टेलिभिजन महोत्तरीका संवाददाता तथा नेपाल पत्रकार महासंघ महोत्तरीका कोषाध्यक्ष समेत रहनुभएका कुर्मी विभिन्न मिडियामा आबद्ध छन् । लामो समयदेखि पत्रकारिता पेसामा क्रियाशील रहँदै आएका उनले एफएम रेडियो, अनलाइन तथा छापामा पत्रकारिता गरी सबै माध्यममा अनुभव सँगालेका छन् ।
महोत्तरीमा उनले आफ्नो छुट्टै नाम र पहिचान
महोत्तरीको गौशाला–१२ पररिया निवासी कुर्मीको नेतृत्वमा लोकतान्त्रिक पत्रकार संघ महोत्तरीले अझ स्पष्ट र पृथक् पहिचान बनाउने विश्वास लिइएको छ ।
संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माले बिहीबार पत्रकार कुर्मीलाई जिल्ला संयोजकमा मनोनीत गरिएको जानकारी गराएका हुन् । वर्माद्वारा हस्ताक्षरित मनोयन पत्रमा देश, मधेश, पत्रकारिता र पार्टीको हितमा कुर्मीको कार्यकाल उल्लेखनीय रहने अपेक्षा गरिएको छ ।
हालसम्म लोकतान्त्रिक पत्रकार संघले चार जिल्लामा जिल्ला संयोजक मनोनीत गरिसकेको छ । बारामा बिनोद कुमार प्रजापती, रौतहटमा राजु कुमार श्रीवास्तव, सर्लाहीमा राजीव कुमार साह संयोजकमा मनोनीत भइसकेका छन् ।