https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

हेटौंडा, बैशाख २३ गते ।
हेटौंडा उपमहानगरपालिका–१६ र १७ को सिमानामा पर्ने गैरीगाउँमा जमिन भासिएर बोलेरो पिकअप गाडी बेपत्ता भएको घटनाको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली घटनास्थलमा पुगेको छ।

शुक्रबार दिउँसो ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी गुड्दागुड्दै जमिनमा भासिएर हराएको थियो। घटना भएको पाँचौं दिनमा भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा चार सदस्यीय टोलीले घटनास्थलमा अध्ययन सुरु गरेको हो।

टोलीले भू–बनोट, भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्र लगायतका पक्षको विश्लेषण गरिरहेको छ। प्रोटोन म्याग्नेटो मिटरको प्रयोग गरी जमिनमुनिको अवस्था अध्ययन भइरहेको भूगर्भविद अधिकारीले जानकारी दिएका छन्।

गाडी भासिएको स्थानमा अहिले ठूलो खाल्डो बनेको छ र त्यसमा धमिलो पानी भरिएको छ। गाडीको खोजी जारी छ तर अझैसम्म फेला परेको छैन।

घटना भएको दुई दिनपछि मात्र हेटौंडा उपमहानगरपालिकाले विपद् व्यवस्थापन समितिको बैठक बसेर भूगर्भविद्को सहयोग लिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट