https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

नवलपुर, बैशाख २३ गते
नारायणघाट–बुटवल खण्डको दाउन्ने क्षेत्रमा आज बिहानदेखि परेको अविरल वर्षाले फेरि पनि सवारी आवागमनलाई पूर्णरूपमा अवरुद्ध बनाएको छ ।

विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने विश्वकर्मा मन्दिर नजिक र पैँसट्ठी मोड आसपासको सडक भारी हिलो भएर चिप्लो भएपछि कुनै पनि सवारीसाधन चल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ।

“पानी रोकिएपछि मात्र डोजर चलाएर सडक खुलाउने योजना छ,” जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनकराज बञ्जाराले बताए।

चार लेनमा विस्तार भइरहेको यो सडक खण्डमा दैनिक राति ६ घण्टा बन्द गरेर काम भईरहेको छ। तर सामान्य पानी पर्दा समेत सडक बिग्रने समस्या बारम्बार देखिन थालेको छ। यात्रुहरू दैनिकजसो जाम र असहजताको सामना गर्न बाध्य छन्।

सडक विस्तार आयोजनाले “असारभित्र अधिकांश काम सकिने” दाबी गरे पनि हालको अवस्था हेर्दा स्थानीयहरूमा निराशा छाएको छ।

“हामीलाई भन्दा पनि सडकले कहिले सन्चो पाउने हो?” भन्ने गुनासो स्थानीयवासी र यात्रुहरूबाट सुन्न थालिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार