रामनारायण ठाकुर
मिर्चैया, बैशाख २८ गते ।
सिरहाको मिर्चैया नगरपालिका–५ स्थित थानाचोकमा तीव्र गतिमा आएको ट्र्याक्टर अनियन्त्रित भई सैलुन पसलमा ठोक्किँदा चार वटा मोटरसाइकलमा क्षति पुगेको छ ।
दुर्घटना ज १ त ३५२३ नम्बरको ट्र्याक्टरले मिर्चैया नगरपालिका–५ मा रहेको पूजा हेयर कटिङ सैलुन अगाडि पार्किङ गरी राखिएको मोटरसाइकलहरूमा ठक्कर दिँदै सैलुनको अगाडिपट्टिको पिलरमा ठोक्किएर रोकिएको हो ।
ट्र्याक्टरको ठक्करबाट स ५ प ७३६४, स ७ प ४६८, म.प्र.०१-००४ प ४०८७ र स ३ प ७३०६ नम्बरका चार वटा मोटरसाइकलमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। ती मोटरसाइकलमध्ये एक सैलुनमा कपाल काटाउन आएका ग्राहकको भएको बताइएको छ ।

