पवन प्रसाद साह
बिरगंज, बैशाख २८ गते ।
चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टको आर्थिक सहयोग र ग्लोबल कोओपरेशन फर डेभलपमेन्ट, ललितपुरको आयोजनामा बारा र पर्सा जिल्लाका विभिन्न विद्यालयहरूमा शैक्षिक सामग्री, हाइजेन किट, स्टेशनरी तथा खेलकुद सामग्रीहरू वितरण गरिएको छ।
कार्यक्रमअन्तर्गत बाराका ४ र पर्साका १ गरी कुल ६ विद्यालयमा ९०४ बालबालिकालाई शैक्षिक सामग्री, हाइजेन किट र स्टेशनरी प्रदान गरिएको हो। साथै, बाराका ६ र पर्साका १ गरी ७ विद्यालयमा ३५ सेट खेलकुद सामग्री वितरण गरिएको छ।
वितरण विवरण:
नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, बलरामपुर (विश्रामपुर गा.पा–३):
१८१ बालबालिकालाई शैक्षिक सामग्री, ५ सेट खेलकुद सामग्री।
नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, मुसहर्वा (विश्रामपुर गा.पा–४):
१३८ बालबालिकालाई शैक्षिक सामग्री, ५ सेट खेलकुद सामग्री।
नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, बेलहिया (प्रसौनी गा.पा–६):
२२९ बालबालिकालाई शैक्षिक सामग्री, ५ सेट खेलकुद सामग्री।
श्री सरस्वती माध्यमिक विद्यालय (प्रसौनी):
२१५ बालबालिकालाई शैक्षिक सामग्री, ५ सेट खेलकुद सामग्री।
श्री सुन्दर मल रामकुमारी कन्या सेकेन्डरी स्कुल, वीरगंज:
१४१ छात्रालाई शैक्षिक सामग्री, ५ सेट खेलकुद सामग्री।
नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, खजानी (सिम्रौनगढ न.पा–७):
६ सेट खेलकुद सामग्री।
नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, फेटा (फेटा गा.पा–१):
३ सेट खेलकुद सामग्री।
कार्यक्रम विवरण:
बलरामपुरस्थित नेपाल राष्ट्रिय सेकेन्डरी स्कुलमा सम्पन्न कार्यक्रममा वडा कार्यवाहक अध्यक्ष लाल झरी देवीको अध्यक्षता रहेको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पतिलाल प्रसाद कलवार, वडा सचिव, प्रधानाध्यापक आनन्द कुमार गुप्ता, शिक्षक राजु कुमार कर्ण, वडा सदस्य हरिचन्द्र साह, मक्सुद अन्सारी, शिक्षिका श्वेता सिंह, माया कुमारी उप्रेती लगायत शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
त्यसैगरी विश्रामपुर–३ स्थित विद्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष शिवचन्द्र प्रसाद यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु चौरासिया तथा समाजसेवी छोटेलाल प्रसाद पालको उपस्थिति थियो।
कार्यक्रमको व्यवस्थापन युवा समाजसेवी लोकेश सिंह र डा. धनञ्जय यादवले गर्नुभएको थियो। साथै, चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट ललितपुर कार्यालयका प्रतिनिधि कबिता नेपाली र ग्लोबल कोओपरेशन फर डेभलपमेन्ट, ललितपुरका प्रतिनिधि उत्तम कार्कीको समेत उपस्थिति रहेको थियो।
कबिता नेपालीले कार्यक्रमबारे जानकारी दिँदै चाइना फाउन्डेसनले ग्रामीण क्षेत्रमा शिक्षाको पहुँच विस्तार र बालबालिकाको समग्र विकासमा निरन्तर सहयोग गरिरहेको बताउनुभयो।






