https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

हरि शर्मा
नवलपरासी, बैशाख २८ गते ।
नवलपरासीको सुनवल नगरपालिकाले विदेश गएका वडा सदस्यहरूलाई नियमित रूपमा सेवा सुविधा सम्बन्धी रकम खातामा पठाएको पाइएको छ ।

वडा नम्बर ६ का भरतकुमार राना दुई वर्षदेखि जापानमा छन् भने वडा नम्बर ४ का लक्ष्मण श्रेष्ठ ६ महिना अमेरिकामा बसेर बैशाख २४ मा फर्किएका हुन्। श्रेष्ठले अमेरिका जानुअघि लिखित निवेदन दिएका थिए भने रानाले मौखिक जानकारी मात्रै गराएका थिए ।

नगरपालिकाले उनीहरूलाई अनुपस्थित रहेको जानकारी नहुँदा नियमित रूपमा सुविधा रकम पठाइएको जनाएको छ । वडा नम्बर ४ का अध्यक्ष बालकृष्ण पंगेनी र वडा नम्बर ६ का अध्यक्ष हिमलाल शर्माले सदस्यहरूको विदेश यात्राबारे सीमित जानकारी रहेको बताएका छन् ।

लेखा अधिकृत वृहस्पति घिमिरेका अनुसार “उपस्थित/अनुपस्थित थाहा नपाएपछि सेवा सुविधा नियमित पठाउनुपर्छ।” अब भने उनीहरूको अवस्था बुझेर छलफल गरी निर्णय गरिने जनाइएको छ।

रामग्राम नगरपालिका वडा नम्बर १६ का सञ्जय सहानी पोर्चुगल गएका छन्। चुनावपछि ६ महिनासम्म परिवारले भारत गएको बताए पनि पछि पोर्चुगल गएको खुल्न आएपछि सेवा सुविधा रोकिएको लेखा अधिकृत कुन्दन चौधरीले जानकारी दिए।

कानुन अनुसार थुनामा परे वा निलम्बन भएमा सुविधा नपाइने उल्लेख छ, तर व्यक्तिगत कामले विदेश गएका वा लामो समय अनुपस्थित रहेका जनप्रतिनिधिको हकमा के गर्ने भन्ने स्पष्ट छैन।

लुम्बिनी प्रदेशको २०७६ को विधेयक अनुसार वडा सदस्यहरूलाई मासिक ११ हजार, चाडपर्वबापत वार्षिक ८ हजारलगायत अन्य शीर्षकमा रकम दिइँदै आएको छ।

स्थानीय तहका काम नगरीकन देश बाहिर बसेका जनप्रतिनिधिलाई सुविधा रकम दिनु राज्य स्रोतको दोहन भएको स्थानीयको गुनासो छ। कर्मचारीहरू भन्छन्, “ऐनले स्पष्ट व्याख्या गरे सेवा सुविधा दिन सहज हुन्थ्यो ।” सभार : अन्नपूर्ण पाेष्ट

प्रतिक्रिया

सम्बन्धित समाचार