https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, बैशाख २९ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा पशुपति यादव ४ मतको झिनो अन्तरले विजयी भएका छन्। आइतवार सम्पन्न निर्वाचनमा यादवले १६८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी शत्रुधन यादवले १६४ मत ल्याए।

अन्य पदहरूमा पनि प्रतिस्पर्धात्मक निर्वाचन भएको थियो। उपाध्यक्षमा दिनेश प्रसाद यादव (१८० मत) र ललित मण्डल (१५० मत) विजयी भए। उनीहरूको प्रतिस्पर्धी क्रमशः राम शंकर पासवानले १२४ र अब्दुल मनाङ्गले ७७ मत पाए।

सचिव पदमा रामनारायण कापडी ९७ मत ल्याएर निर्वाचित भए भने उमेश महतोले ७० मत ल्याए। उपसचिवमा राम विहारी यादव (१६० मत) र शशिचन्द्र यादव (१५७ मत) विजयी भए। उनका प्रतिस्पर्धी दिनेश महतो र बेचन महतो दुवैले ९५–९५ मत प्राप्त गरे।

कोषाध्यक्षमा सुजिता यादव १५७ मतसहित विजयी भइन् भने उनका प्रतिस्पर्धी अशोक कुमार यादवले १४४ मत पाए। मुस्लिम सदस्यतर्फ रहमत राइन (१८६), आमिन खान (१७७) र नइम शेष (११९) विजयी भएका छन्।

महिला र जनजाति सदस्यहरू यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् भने खुला सदस्यतर्फको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार