https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बिरगंज, बैशाख २९ गते ।
राजधानी काठमाडौंमा सम्पन्न ‘मिस्टर नेसनल २०२५’ सौन्दर्य प्रतियोगितामा बिरगंजका अजहर आलमले उत्कृष्ट प्रदर्शन गर्दै ‘पब्लिक च्वाइस अवार्ड’ र ‘सेकेन्ड रनर अप’ उपाधि जितेका छन्।

प्रतियोगितामा उल्लेखनीय उपस्थिति जनाउँदै आलमले बिरगंजको पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न सफल भएका हुन् । उनी बिरगंजबाट राष्ट्रिय सौन्दर्य प्रतियोगितामा दोहोरो उपाधि जित्ने पहिलो प्रतिभा भएका छन् ।

उपाधिपछि बिरगंज महानगरपालिका–४ का वडाध्यक्ष जगत साह कानुले विशेष कार्यक्रमको आयोजना गर्दै अजहर आलमलाई सम्मानित गरे। कार्यक्रममा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो ।

सम्मान ग्रहण गर्दै अजहरले आफ्नो सफलताको श्रेय परिवार, प्रशिक्षक, साथीभाइ र सम्पूर्ण बिरगंजवासीलाई दिँदै आगामी दिनमा देश तथा नगरको गौरव बढाउनेगरी अझ मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार