https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, बैशाख ३० गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई गैरकानूनी थुनामा राखिएको दाबीसहित सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ । मिश्रकी श्रीमती सारिका कार्कीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी हुन् ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहरुले प्रदर्शन गरेका थिए । उक्त प्रदर्शन हिंसात्मक बन्दा २ जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीहरुले निजी घर, व्यवसायिक भवन र सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाटसमेत गरेका थिए । सोही राति पक्राउ परेका मिश्र अहिले पनि प्रहरीको हिरासतमा छन् ।

उक्त निवेदनमाथि भोलि (बुधबार) प्रारम्भिक सुनुवाइ हुनेछ । मिश्रलाई गैरकानुनी रुपमा थुनामा राख्ने उद्देश्यले एकपछि अर्को आरोप थपिएको र अनुसन्धानमा प्रगति नहुदा पनि अदालतले थुनामा म्याद थप्ने अनुमती दिइरहेको निवेदकको जिकिर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार