https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

कलैया, बैशाख ३१ गते ।
बाराको कलैया उपमहानगरपालिका अन्तर्गतका केही निजी विद्यालयहरूमा नियम विपरीत अध्यापन भइरहेको सूचनाका आधारमा शिक्षा महाशाखा प्रमुख राजीव यादवको नेतृत्वमा विशेष अनुगमन टोलीले विद्यालयहरूमा निरीक्षण गरेको छ।

अनुगमनको क्रममा अनुमति बिना बोर्डिङ सञ्चालन गरिरहेका दुई निजी विद्यालयहरू फेला परेका छन्। नियमविपरीत सञ्चालन भइरहेका कलैया २० बसतपुरका लोटस एकेडेमी र बिना नामको सन्चालनमा रहेको एउटा अर्को विद्यालयहरूलाई तुरुन्त बन्द गर्न निर्देशन दिइएको प्रमुख यादवले जानकारी दिनुभयो।

“विद्यालय सञ्चालनका लागि आवश्यक कागजात र अनुमति नलिइ बोर्डिङ सञ्चालन गर्नु कानुनविपरीत हो यादवले भने । विद्यार्थीहरूको शैक्षिक हितका लागि यस्ता विद्यालयहरूलाई नचाहिने जोखिमबाट जोगाउनु हाम्रो दायित्व हो,” प्रमुख यादवले भन्नुभयो।

यादवले अनुगमन गर्दा बिधालयमा पंखा,बेन्च डेस्क सहित आवस्यक पुर्वाधार नभेटिएको बताए ।

अनुगमन टोलीले अन्य विद्यालयहरूको पनि दस्तावेज र शैक्षिक अवस्था परीक्षण गर्दै आवश्यक निर्देशनहरू दिएको छ। उपमहानगरपालिकाले विद्यालय सञ्चालनमा पारदर्शिता र गुणस्तरीयता सुनिश्चित गर्न निरन्तर अनुगमन गर्दै जाने बताएका छन ।

नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले यस्तो पहललाई स्वागत गर्दै आफ्ना बालबालिकाको उज्वल भविष्यका लागि यस्ता अनुगमनहरू आवश्यक भएको बताएका छन्।

शिक्षा महाशाखामा यादवले जिम्मेवारी सम्हालेदेखी निरन्तर शैक्षिक गुणस्तरका लागि अनुगमन तिब्र भएको छ भने बिधालयका शिक्षक बिद्यार्थी र अभिभावक पनि राम्रो शैक्षिक बाताबरण तयार हुँदै गएको भनेर हौसिएका छन ।

अनुगमनका क्रममा शिक्षा समिति वरिष्ठ सदस्य महमद सगिर पनि सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार