https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बिरगंज, जेष्ठ १ गते ।
पर्सा जिल्लाको पोखरिया नगरपालिका–४ मा अवस्थित पोखरिया अस्पतालमा अब नसा तथा हाडजोर्नी, डेन्टल र बालरोगसम्बन्धी विशेषज्ञ सेवा सुरु भएको छ।

अस्पतालको सभा हलमा आयोजित एक कार्यक्रमका बीच, चार जना चिकित्सक तथा नर्सिङ स्टाफलाई स्वागतसहित सम्मान गरिएको हो। सम्मानित हुनेहरूमा नसा तथा हाडजोर्नी विशेषज्ञ डा. अरविन्द साह, डेन्टल अधिकृत सरिता राउत चौरसिया, नर्सिङ अधिकृत तथा अस्पताल निरीक्षक सवेनाज बेगम, अ.हे.व. मधु यादव रहेका छन्।

कार्यक्रममा पोखरिया नगरपालिका प्रमुख तथा पोखरिया अस्पताल विकास समितिका अध्यक्ष प्रदुमन प्रसाद चौहानले पोखरिया अस्पतालको सेवा प्रवाह र पूर्वाधार विकासका लागि आफू निरन्तर लागिपरेको बताए। उनका अनुसार, विशेषज्ञ सेवा सुरु भएपछि ग्रामीण क्षेत्रका बिरामीहरूलाई अब वीरगंज वा निजी अस्पताल धाउनुपर्ने बाध्यता हट्नेछ। “सस्तो, सहज र गुणस्तरीय सेवा अब पोखरियामै उपलब्ध हुनेछ,” मेयर चौहानले भने।

स्वागत तथा सम्मान कार्यक्रम पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. आनन्द रौनियारको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख चौहानसहित डा. सुरेश यादव, पोखरिया नगरपालिका स्वास्थ्य शाखाका सहायक शिव पटेल, दिपिका सिंह, भगवान प्रसाद कुर्मी, बृजेश दुबेदी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार