https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, जेष्ठ ४ गते ।
सांसद सुशीला श्रेष्ठले लोडसेडिङ हुन थालेको हो?भन्दै सरकारलाई प्रश्न गरेकी छन्। प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले खाना खाने बेलामा मोबाइलको लाइट बाल्नुपर्ने अवस्था आएको बताएकी हुन्।

‘बिहीबारदेखि निरन्तर बेलुका बत्ति जाने गरेको छ। नेपालीहरूको भात खाने बेला भयो अब अन्धाकार दिएँ भनेर बिजुली मार्दिएजस्तै परिस्थिति बन्न सुरु भएको हो?’ उनले भनिन्, ‘१८ घण्टाको लोडसेडिङबाट हामी मुक्त भएका थियौँ। उज्यालो नेपाल बन्न सुरु भएको हामीलाई लागिसकेके थियो।’

तर, अहिले मोबाइलको टर्च बालेर खाना खानुपर्ने अवस्था आएको उनको भनाइ छ। ‘अहिले हामीले इन्डक्सन चलाइराख्दा फेरि ग्यासमा भात सानुपर्ने, मोबाइलको टर्च बालेर भात खानुपर्ने परिस्थिति बनिरहेको छ,’ उनले थप भनिन्, ‘हामीले फेरी जेनेरेटर किन्नुपर्ने, इन्भरटर राख्नुपर्ने मैनबत्ति साँच्नुपर्ने स्थिति बनेको हो?’

प्रतिक्रिया

सम्बन्धित समाचार