https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, जेष्ठ ५ गते ।
राजावादी आन्दोलनको सन्दर्भमा प्रहरीले पक्राउ गरेका शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा) लाई चार दिनको म्याद थप गर्दै हिरासतमा राखिएको घटनालाई लिएर शिवसेना नेपाल पर्सा जिल्ला कार्यसमितिले जेष्ठ ५ गते सोमबार जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा २०८१ साल चैत १५ गते आयोजित शान्तिपूर्ण जुलुस हिंसात्मक झडपमा परिणत भई सर्वसाधारणको धनजनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै घटनामा घाइते हुनुपरेको पछाडि रहस्यमय कारणहरू रहेको जनाइएको छ। राज्यविरुद्धको आन्दोलन नागरिकको अधिकार रहेको उल्लेख गर्दै ज्ञापनपत्रमा निराधार र तथ्यहिन आरोपमा सर्वसाधारणलाई हिरासतमा राख्नु संविधानको उपहास भएको आरोप लगाइएको छ ।

यहीँ बैशाख २८ गते शिवसेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरिएको प्रति आपत्ति जनाउँदै ज्ञापनपत्रमा वैदिक सनातन हिन्दू धर्मको प्रचारकको रूपमा रहेका व्यक्तिमाथि झुटा मुद्दा लगाई धार्मिक आस्थामाथि आघात पुर्‍याइएको भन्दै विरोध गरिएको छ । शिवसेना नेपालले धार्मिक स्वतन्त्रता, संस्कृति र आत्मसम्मानको रक्षा गर्न प्रतिवद्ध रहेको र यस्ता कार्यको घोर विरोध गर्ने चेतावनी समेत दिएको छ ।

ज्ञापनपत्रमा अध्यक्ष बस्नेत सहित सम्पूर्ण आन्दोलनमा संलग्न आस्थाका बन्दीहरूलाई बिना सर्त रिहा गर्न माग गरिएको छ । साथै, मागहरू बेवास्ता गरिएमा आन्दोलन चर्किने सम्भावना औंल्याउँदै त्यसको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने चेतावनी पनि दिइएको छ।

ज्ञापनपत्र बुझाउने टोलीमा शिवसेना नेपाल पर्साका अध्यक्ष उमाशंकर प्रसाद कलवारको नेतृत्वमा जनक लाल साह, पृथ्वी प्रसाद झा, रंजीत कुमार चौधरी, राजेश कुमार चौहान, संतोष साह कानु, हरेराम प्रसाद रौनियार, बिरेन्द्र साह तेली, सुरेश साह कानु, राजेन्द्र प्रसाद पाल, बिक्रमा सिंह, पवन साह, आदित्य राज चौहान र जयलाल राम लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार