https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

नरेन्द्र महताे
गाैशाला, जेष्ठ ५ गते ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले शंका लागेपछि चेकजाँचका क्रममा स्रोत नखुलेको आठ लाख रुपैयाँसहित दुई जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ ।

आईतबार महोत्तरी जिल्लाको औरही नगरपालिका–४ स्थित कठुधार, सम्सी–गौशाला सडकखण्डमा खटिएको प्रहरी टोलीले मधेश प्रदेश ०२–००७ प ९६८१ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकल चालक सम्सी गाउँपालिका–७ निवासी २५ वर्षीय रबि साह र पछाडि सवार भारतको सितामढी जिल्ला, कन्हवा–२ निवासी २० वर्षीय रितेश साहलाई पक्राउ गरेको हाे ।

शरीर जाँच गर्ने क्रममा उनीहरूले लुकाईछिपाई ल्याएको नेपाली रुपैयाँ ८,००,००० (अक्षरेपी आठ लाख) बराबरको रकम बरामद भएको प्रहरीले जनाएको छ। रकम हजार दरका ८०० वटा नोटमा थियो। रकमसहित मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरू विरुद्ध हुण्डी कारोबार सम्बन्धी मुद्दा दायर गर्दै महोत्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक शैलेन्द्र कुमार भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार