https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

ऐजेन्सी
गौशाला, जेष्ठ ५ गते ।
भारतको राजस्थान राज्यस्थित बाराँ जिल्लामा गत शुक्रबार एक दर्दनाक घटना घट्यो, जसले गाउँ नै शोकमा डुबाएको छ। गणेश जीको तलाउमा नुहाउन गएका ६८ भन्दा बढी भैँसीको एकैचोटि करेन्ट लागेर मृत्यु भएको हो ।

यो घटनाले करिब ४० पशुपालक परिवारको जीवनमा ठूलो संकट ल्याएको छ। मृत्यु भएका भैँसीमध्ये धेरैजसो गर्भवती थिए, जसले पशुपालकको पीडामा थप घाउ थपेको छ।

स्थानीय किसान सुबोध मीणा भन्छन्, “यी भैँसीहरू हाम्रो जीवनको आधार थिए। ती केवल जनावर होइन, हाम्रा परिवारका सदस्यजस्तै थिए।”

शुक्रबार बिहान तलाउमा भैँसीहरू नुहाइरहेका बेला अचानक एकपछि अर्को गर्दै ढल्न थाले। केही मिनेटमै दर्जनौं भैँसी मृत अवस्थामा देखिए। प्रारम्भिक अनुसन्धानअनुसार, तलाउमा विद्युत् प्रवाह भएको कारण यस्तो दुर्घटना भएको बताइएको छ।

नाहरगढ थानाका प्रहरी अधिकारी धर्मपाल यादवका अनुसार घटनाको यथार्थ कारण पत्ता लगाउन पोस्टमार्टम आवश्यक छ। यद्यपि, अहिलेसम्म गाउँलेहरूले पोस्टमार्टममा सहमति जनाएका छैनन्।

केही स्थानीयवासीले तलाउको पानी विषालु भएको वा अन्य कुनै कारणले पनि घटना हुन सक्ने शंका गरेका छन्। उनीहरूका अनुसार केही भैँसीको मुखबाट झाग निस्किएको देखिएको थियो।

पशुपालकहरूका अनुसार यो घटनाबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ। प्रभावित परिवारहरूले प्रशासनसँग क्षतिपूर्तिको माग गरेका छन्।

प्रशासनले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गर्ने र दोषी पत्ता लगाइ कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।

गाउँ अहिले स्तब्ध र शोकाकुल छ — जहाँ भैँसीहरू परिवारका सदस्य जस्तै थिए, उनीहरूको एकैचोटिको निधनले गाउँको मनोबल नै चुँडिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार