https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, जेष्ठ ९ गते ।
सहकारी क्षेत्रका वर्तमान चुनौतीहरू र सम्भावित समाधानबारे गहन छलफल गर्न आयोजित “सहकारीको समसामयिक समस्या तथा समाधान सम्बन्धी अन्तक्रिया कार्यक्रम” आज बिरगंज स्थित गृह लक्ष्मी साकोसको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रम को-अपरेटिभ म्यानेजर्स क्लब, पर्साको आयोजनामा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफस्कून) का अध्यक्ष तथा प्रमुख अतिथि चन्द्र प्रसाद ढकालले दीप प्रज्वलन गरी गर्नुभयो ।

क्लबका सभापति रवि भुषण श्रीवास्तवले कार्यक्रमको अध्यक्षता गर्नुभयो। सो अवसरमा क्लबका संस्थापक अध्यक्ष जिष्णु बराल र निवर्तमान अध्यक्ष चन्देश्वर प्रसाद चौरसिया विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रम सञ्चालन क्लबका सचिव प्रदीप कुमार लोहारले गर्नुभएको थियो।

कार्यक्रममा क्लबका सञ्चालक समिति सदस्यहरू तथा विभिन्न संघसंस्थाबाट करिब ४० जना प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो। अन्तक्रियामा सहकारी क्षेत्रका समसामयिक समस्या, नीतिगत सुधार, पारदर्शिता, तथा व्यवस्थापन सुधारका उपायहरूबारे गम्भीर र परिणाममुखी बहस भएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार