https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, जेष्ठ १० गते ।
सर्लाही जिल्लाको बागमती नगरपालिका–१, पानीट्याङ्की चोक नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

दुर्घटना बिहान करिब ८ बजेतिर पूर्वतर्फ जाँदै गरेको बालुवा लोड टिपरले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा भएको हो । मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए ।

दुर्घटनापछि घाइतेहरूलाई तत्काल हरिवनस्थित नमुना अस्पतालमा लगिएको थियो । प्रारम्भिक उपचारपछि दुवैलाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल पठाइएको थियो । अस्पतालमा उपचारका क्रममा सर्लाही बागमती नगरपालिका–६ निवासी २१ वर्षीय मोहमद कैफ मिकरानीलाई दिउँसो १२ बजे चिकित्सकले मृत घोषणा गरेका छन् ।
अर्का घाइते सुमित यादवको अवस्था गम्भीर रहेको र उनको उपचार जारी रहेको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ ।

दुर्घटनामा संलग्न टिपर घटनास्थलमै फेला परेको छ । चालक बागमती नगरपालिका–१२ निवासी ३४ वर्षीय उदव मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार