https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, जेष्ठ १२ गते ।
महोत्तरीको गौशाला नगरपालिका–५ स्थित गौशाला बजारमा रहेको रामजानकी अटो प्रा.लि.ले बजाज कम्पनीका मोटरसाइकल तथा स्कुटरको साटासाट मेला अब जेष्ठ १४ गतेसम्म चल्ने भएको छ ।

कम्पनीले जेष्ठ ७ गतेदेखि १२ गतेसम्म ६ दिने मेलाकाे आयोजना गरेपनि २ दिन थप गरि जेष्ठ १४ गतेसम्म साटासाट मेला चल्ने भएको हाे । मेलामा ग्राहकले जुनसुकै कम्पनीका पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ बजाज कम्पनीका माेटरसाईलहरु खरिद गर्न सक्नेछन् ।

रामजानकी अटो प्रा.लि.का संचालक प्रमोद शाहका अनुसार मेलामा मोटरसाइकल खरिदमा विशेष छुटको व्यवस्था समेत गरिएको छ । साथै नागरिकताको आधारमा सहज किस्ताबन्दीमा र नगदमा आकर्षक छुटमा समेत धमाधम बिक्री भईरहेकाे संचालक शाहले बताए ।

कम्पनीले मेलामा आउने ग्राहकहरुलाई विभिन्न सेवा तथा सुविधा प्रदान गर्दै आईरहेकाे जानकारी दिए । मोटरसाइकल खरिद गर्न चाहने उपभोक्तालाई समयमै मेलामा सहभागी हुन कम्पनीले आग्रह गरेको छ । थप जानकारीका लागि रामजानकी अटो प्रा.लि. काे माे. 9808366400 मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार