https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम : जनमत पार्टीका केन्द्रीय सचिव बीपी साहले धनुषा निर्वाचन क्षेत्र नम्बर एकमा पर्ने कमला नदीमा रामेश्वर आर्यघाटको शिलान्यास गरेका छन् ।

सबैला नगरपालिका १३ स्थित सिताघाट(ढोलबज्जा)मा दाहसंस्कारका लागि रामेश्वर आर्यघाटको शिलान्यास गरेका हुन् । सचिव साहको माग अनुसार मधेश प्रदेश सरकारको ५० लाखको लगानीमा उक्त दाहसंस्कार घाट निर्माण हुन लागेको हो ।

सबैला नगरपालिका र गणेशमान चारनाथ नगरपालिकाबाट दाहसंस्कारका लागि सिताघाटमा जाने गरेका छन् । उक्त आर्यघाटबाट क्षेत्रका जनताहरुलाई सहज हुने वडा सदस्य दिप दनुवारले बताए ।

मंगलबार एक समारोहका बिच शिलान्यास गर्न पुगेका नेता साहलाई स्थानीय जनप्रतिनिधि, सर्वसाधारण, सुरक्षाकर्मी तथा पार्टीका नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए ।

उक्त घाटलाई व्यवस्थित गर्न थप बजेट आवश्यक रहेको वडा सदस्य दनुवारले बताए । उक्त सिताघाटमा प्रत्येक वर्ष भूत मेला (देव मेला) पनि लाग्ने गरेका छ । सिता घाटलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न आफूले प्रदेश सरकारसँग थप बजेट माग गर्ने नेता साहले बाचा गरे । साथै जग्गा दाताहरुलाई धन्यवाद ज्ञापन गर्दै नेता साहले विकास निर्माणका कार्यमा सहयोग गर्न सबै राजनीतिक दलका नेता र सर्वसाधारणहरुलाई आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार